चैत १६,२०८० / ०३ : ५७ अपरान्ह / 2024-03-29 03:57 pm
      • param ad
      • furniture
      • veera Incorporation

      चितवन–२ मा आफूलाई विजयी घाेषणा गर्न माग गर्दै उमेश श्रेष्ठकाे निवेदन, उपचुनाव नै हुने आयाेगकाे भनाइ !!

      - १ वर्ष अगाडि
      माघ २२,२०७९

      काठमाण्डौ – नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । आज आइतवार आयोगमा पुगेर नेता श्रेष्ठले निवेदन दिनुभएको हो ।  

      चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित हुनुभएको थियो । सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ चुनावमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुग्नुभएको हो । उहाँले आज नै यसबारेमा विस्तृत जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ । 

      नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपचुनावबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताउनुभयो । उहाँले उपचुनावबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पार्नुभयो । 

      सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेका कारण रहेको भन्दै उपचुनावको माध्यमबाट सांसदको पदपूर्ति हुने बताए ।

        सम्बन्धित समाचारहरु