वैशाख ८,२०८३ / ०२ : ४२ अपरान्ह / 2026-04-21 02:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सिराहामा दुई पक्षबीच मतपेटिका खोसाखोस हुँदा गोली चल्यो

      - ३ वर्ष अगाडि
      मंसिर ४,२०७९

      सिराहा, सिराहामा दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । 

      सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो । 

      स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका खोसाखोस भएपछि  केहीबेर तनाव भएपनि केहीबेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ ।

        सम्बन्धित समाचारहरु