वैशाख ८,२०८३ / ०३ : ०६ अपरान्ह / 2026-04-21 03:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अछाममा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुग्यो

      - ३ वर्ष अगाडि
      असोज १,२०७९

      अछामका विभिन्न स्थानमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

      जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् ।

      घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ ।  

      हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमल बजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । उक्त वडामा तीनजना पहिरोमा परी बेपत्ता छन् । 

        सम्बन्धित समाचारहरु