जेष्ठ १२,२०८३ / ०३ : ३३ अपरान्ह / 2026-05-26 03:33 pm
      • param ad
      • furniture
      • veera Incorporation

      चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सुरक्षा जिम्मा नेपाली सेनालाई

      - ३ वर्ष अगाडि
      भाद्र २६,२०७९

      भदौ २७ गते नेपाल आउन लागेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ ।

      चिनियाँ कम्युनिष्ट पार्टीमा तेस्रो वरीयताका उनी तीन दिनका लागि नेपाल भ्रमणमा आउन लागेका हुन् । 

      नेपाल सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिने शोक घोषणा गरेका बेला चिनियाँ नेताको औपचारिक भ्रमण हुन लागेको हो । 

      उनी सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन । लीको सबै राजनीतिक भेटघाटको कार्यक्रममा संसद भवन नयाँबानेश्वरमा हुने भएको छ । 

      उनी करिब सयजनाको टोलीसहित आउन लागेपछि नेपाली सेनाका कर्णेलको कमान्डमा सुरक्षा बन्दोबस्त गर्न थालिएको हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d