असार १४,२०७९ / ०९ : ०६ अपरान्ह / 2022-06-28 09:06 pm

        आज केही प्रदेशमा वर्षाकाे सम्भावना

        - एक हप्ता अगाडि
        चैत २,२०७८

        हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्युन चापीय प्रणाली रहेको छ। नेपालमा पहाडी भूभागमा आंशिक बदली छ।

        माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

        प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेकाे छ।

        राति देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

        बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ।

          सम्बन्धित समाचारहरु