जेष्ठ २२,२०८० / ०५ : २३ पूर्वान्ह / 2023-06-05 05:23 am

        झण्डै चार लाख युक्रेनी रोमानियामा प्रवेश

        - १ वर्ष अगाडि
        फागुन ३०,२०७८

        रूसले गत फेब्रुअरी २४ मा यूक्रेनमा सैन्य आक्रमण सुरू गरेदेखि अहिलेसम्म करिब चार लाख युक्रेनी नागरिक रोमानिया प्रवेश गरेको रोमानियाको सीमा प्रहरीले जानकारी गराएको छ । 

        सीमा प्रहरीले भनेको छ, ‘फेब्रुअरी २४ देखि यूक्रेनका तीन लाख ९९ हजार ५४२ नागरिकहरू रोमानियामा प्रवेश गरेको प्रहरीको तथ्याङ्कमा देखिएको छ ।’ 

        शनिबार मात्र १६ हजार ६७६ जना यूक्रेनीहरू रोमानियामा प्रवेश गरेको पनि प्रहरीले पुष्टि गरेको छ ।  

        यसैबीच बढी आक्रमण भएका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास यूक्रेनी अधिकारीहरूले जनाएका छन् । आक्रमणमा विशेष गरी दक्षिणी बन्दरगाह साहर मारिउपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका छन् ।

          सम्बन्धित समाचारहरु