जेष्ठ १२,२०८३ / ०१ : २९ अपरान्ह / 2026-05-26 01:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      झण्डै चार लाख युक्रेनी रोमानियामा प्रवेश

      - ४ वर्ष अगाडि
      फागुन ३०,२०७८

      रूसले गत फेब्रुअरी २४ मा यूक्रेनमा सैन्य आक्रमण सुरू गरेदेखि अहिलेसम्म करिब चार लाख युक्रेनी नागरिक रोमानिया प्रवेश गरेको रोमानियाको सीमा प्रहरीले जानकारी गराएको छ । 

      सीमा प्रहरीले भनेको छ, ‘फेब्रुअरी २४ देखि यूक्रेनका तीन लाख ९९ हजार ५४२ नागरिकहरू रोमानियामा प्रवेश गरेको प्रहरीको तथ्याङ्कमा देखिएको छ ।’ 

      शनिबार मात्र १६ हजार ६७६ जना यूक्रेनीहरू रोमानियामा प्रवेश गरेको पनि प्रहरीले पुष्टि गरेको छ ।  

      यसैबीच बढी आक्रमण भएका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास यूक्रेनी अधिकारीहरूले जनाएका छन् । आक्रमणमा विशेष गरी दक्षिणी बन्दरगाह साहर मारिउपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d