जेष्ठ १२,२०८३ / ०१ : २९ अपरान्ह / 2026-05-26 01:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कोरियन भाषा परीक्षाको आवेदन चैत १४ गतेदेखि

      - ४ वर्ष अगाडि
      फागुन ३०,२०७८

      कोरियन भाषा परीक्षा (इपिएस टपिक)का लागि आवेदन खुल्ने भएको छ। वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गरेर चैत १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको हो। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्। 

      कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो।  

      कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा वैशाख २९ देखि जेठ १३ गतेसम्म तथा दोस्रो परीक्षा जेठ २४ देखि असार १६ गतेसम्म हुनेछ भने उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा असार २० देखि भदौ १० र दोस्रो परीक्षा भदौ १६ गतेदेखि असोज २१ गतेसम्म हुनेछ।  

      सार्वजनिक सूचना अनुसार उत्पादनमुलक क्षेत्रमा पढाई र सुनाई गरि १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक ल्याउनु पर्नेछ। ९० पूर्णांकको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनु पर्नेछ।

      परीक्षा शुल्क २४ डलर तोकिएको छ। परीक्षा केन्द्र र परीक्षा समय सार्वजनिक भइसकेको छैन ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d