वैशाख ८,२०८३ / ०२ : ४१ अपरान्ह / 2026-04-21 02:41 pm
      • param ad
      • furniture
      • veera Incorporation

      २०७९ सालमा ४३ दिन सार्वजनिक विदा

      - ४ वर्ष अगाडि
      फागुन २७,२०७८

      सरकारले आगामी वर्ष २०७९ मा  शनिबारबाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

      गृह मन्त्रालयले वैशाख १ गतेदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन विदा दिने निर्णय गरेको हो। यसरी सार्वजनिक विदाको दिनबाहेक वर्षभरिमा ५२ दिन भने शनिबार विदा हुनेछ।

      तर, पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा नदिने भएको छ। 

        सम्बन्धित समाचारहरु