जेष्ठ १२,२०८३ / ०५ : ३६ अपरान्ह / 2026-05-26 05:36 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आज विश्व मिर्गौला दिवस, नेपालका ३० लाख मानिसमा मिगौलाको समस्या

      - ४ वर्ष अगाडि
      फागुन २६,२०७८

      आज विश्व मिर्गौला दिवस, ‘मिगौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । 

      मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बँच्न अपनाउनु पर्ने उपायबारे सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक बर्ष मार्च महिनाको दोस्रो विहीबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।

      दिवसको अवसरमा बिभिन्न अस्पताल र स्वास्थ्यक्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले निःशुल्क मिर्गौला परीक्षण, र्‍याली गोष्ठी लगायतका कार्यक्रम आयोजना गर्दैछन् । 

      नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको अनुमान छ । 

      यीमध्ये तीन लाखको मिर्गौला बिग्रिरहेको छ । नेपालमा प्रत्येक वर्ष मिर्गौला उपचारमा ३ हजार नयाँ बिरामीहरु थपिने गरेका छन् । यस्तै, ४ हजार भन्दा बढी मानिसले डायलाइसिस गरिरहेका छन् ।

      मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक मिर्गौला परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।

      मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुमपान/मद्यपान नगर्न, शारीरिक व्यायाम गर्न र खानपानमा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् ।

      मानिस ४० वर्ष नाघेपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमता घट्दै जाने भएकाले बढ्दो उमेरसँगै मिर्गौलालाई पनि हेरचाह गर्नुपर्ने मिर्गौला रोग विशेषज्ञहरुको भनाइ छ ।

      सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ । 

      मिर्गौलाको उपचार र डायलाइसिसका लागि मन्त्रालयले ७० वटा अस्पताललाई सूचिकृत गरेको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d