आज ८ मार्च अर्थात् ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस। महिला समानता र जागरूकताका लागि आज विश्वभर यो दिवस मनाइन्छ ।
सन् २०२२ को दिवसको अन्तर्राष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ । नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता : दिगवो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो ।
सोसलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला श्रमिकको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो । सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनमा सम्पन्न सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो ।
र नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
यसरी विश्वव्यापी मनाउन थालिएको यो दिवसका कारण महिलाको सशक्तिकरणका क्षेत्रमा केही टेवा पुर्याए पनि महिलाले अझै आफ्नो अधिकार, न्याय र समानताका लागि भने आवाज बुलन्द गर्नुपर्ने नै देखिन्छ।








