तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–१ का वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष हुन् ।








