पौष १७,२०८२ / ०५ : ४६ पूर्वान्ह / 2026-01-01 05:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      दुर्घटना हुँदा दुईको मृत्यु, तीनजना घाइते

      - ३ वर्ष अगाडि
      फागुन १८,२०७८

      दाङ । छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

      घोराही-धारापानी सडकखण्डमा मंगलबार मोटरसाइकलको ठक्करबाट घोराही-१५ का १८ वर्षीय अजय चौधरीको मृत्यु भएको हो ।

      घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा अटो चढ्ने क्रममा मोटरसाइकले ठक्कर दिंदा गम्भीर घाइते भएको चौधरीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

      त्यस्तै गढवा गाउँपालिका -२ महादेवा पुलनजिकै कार र मोटरसाइकल एकआपसमा ठोकिंदा एक बालिकाको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा राप्ती गाउँपालिका ७ आनन्दपुर बस्ने मोटरसाइकलमा सवार सिमासर चौधरीकी छोरी १० वर्षीया सन्ध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

      गम्भीर घाइते भएकी बालिकाका लमही अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो ।

      यस्तै कार र मोटरसाइकल ठोक्किंदा तीन जना घाइते भएका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d