युक्रेनमा रहेका नेपालीहरूलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।
ती मुलुकहरूले युक्रेनमा फसेका विदेशी नागरिकहरूका लागि मानवीयताको आधारमा नाका (बोर्डर) खुल्ला गरेको जानकारी दिँदै दूतावासले त्यतै जान अनुरोध गरेको हो ।
सुरक्षित तवरले नेपाल फर्कनका लागि सम्पर्कका आएका सबै नेपालीहरूलाई युक्रेन छाडेर ती मुलुकहरूतर्फ जान दूतावासले अनुरोध गरेको हो । शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै दूतावासले हालसम्म युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा आएको उल्लेख गरेको छ ।
सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा समस्या परेमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।








