चैत १६,२०८० / ११ : ५२ पूर्वान्ह / 2024-03-29 11:52 am
      • param ad
      • furniture
      • veera Incorporation

      कोरोनाबाट थप ४ को मृत्यु : मृतकको संख्या ४८१ पुग्यो

      - ३ वर्ष अगाडि
      असोज १२,२०७७

      काठमाडौं, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

      मृत्यु हुनेमा सुनसरीमा ३८ वर्षीया महिला, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ वर्षीय पुरुष र गुल्मीमा ३४ वर्षीय पुरुष गरी जम्मा ४ जना रहेको मन्त्रालयले जनाएको छ।

      यस्तै यस्तै देशभर पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

      पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। 

      १९ हजार ६२४ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ९२९ जना छन्।

        सम्बन्धित समाचारहरु