जेष्ठ १२,२०८३ / ०२ : २३ अपरान्ह / 2026-05-26 02:23 pm
      • param ad
      • furniture
      • veera Incorporation

      रौतहटकी ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

      - ५ वर्ष अगाडि
      असोज ३,२०७७

      काठमाडौं,  चितवनमा ६० वर्षीया  कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । यो संगै चितवनमा कोरोना संक्रणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । 

      चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको मृत्यु भएको हो ।

      उनको शनिबार विहान ५ बजे मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिएका छन् । भदौ २८ गते आकस्मिक कक्षमा भर्ना भएकी उनलाई ल्याउनेवित्तिकै आइसियूसहित भेन्टिलेटरमा राखिएको थियो ।

      उनमा भदौ २९ गते कोरोना संक्रमण पोजेटिभ आएको थियो । उनलाई निमोनिया, थाइराइड र उच्च रक्तचापको समस्या समेत भएको पाइएको बताइएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d