जेष्ठ १२,२०८३ / ०१ : २८ अपरान्ह / 2026-05-26 01:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सोमबारसम्म देशभर भारी वर्षा, सतर्क रहन मौसमविद्को आग्रह

      - ५ वर्ष अगाडि
      असार २६,२०७७

      काठमाडौं, आज शुक्रबार पनि बिहानैबाट उपत्यकासहित देशका विभिन्न स्थानमा भारी बर्षा भएकाले आम देशवासीलाई पूर्ण सतर्कत रहन मौसमविद्ले आग्रह गरेका छन् ।

      मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार बिहान जारी गरिएको मौसम पूर्वानुमान बुलेटिन देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । अहिले नारायणी नदीमा उच्च बहाब देखिएको छ । 

      पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहि थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

      यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम क्षेत्रका बासिन्दालाई आइतबारसम्म सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले आइतबारसम्म नदी किनार क्षेत्र र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी सुरक्षित ठाउँमा जान आग्रह गरेका छन् ।

      उनका अनुसार अहिले भेलपहिरो बढी आउने पाइएको र विगतमा पहिरो खसेर बनेको भूभागमा कम्तिमा मनसुन सक्रिय भएको बेला नबसी अन्यत्रै सुरक्षित स्थानमा जान आग्रह गर्दै तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन उनले भने ।

      ३० हजारभन्दा बढीलाई सतर्कताका लागि मोबाइल सन्देश पठाइएको पनि प्राधिकरणले जनाएको छ । यसअघि नै परेको पानीले जमिन गलिसकेकाले थोरै पानी पर्दैमा पहिरो र बाढीको ठूलो जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d