वैशाख ८,२०८३ / ०२ : ४१ अपरान्ह / 2026-04-21 02:41 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बाह्रबीसेमा बाढी पीडितकाे उद्धारका लागि हेलिकप्टर अवतरण, २ घाइते काठमाडौं ल्याइँदै

      - ५ वर्ष अगाडि
      असार २५,२०७७

      काठमाडौं, सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ । मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिए ।

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौँ लगिने जानकारी उनले दिए । सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।

      द्धारको पहलका लागि गएका प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा बीचैबाट फर्किएका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् ।

        सम्बन्धित समाचारहरु