काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमण निको भएर २७२ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म निको हुनेको संख्या ६ हजार ४१५ पुगेको छ ।
विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत संक्रमित २७२ जना निको भर शनिबार घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार शनिबारसम्म पीसीआर विधिबाट २ लाख ४६ हजार २९७ परीक्षणहरु गरिएका छन् । गएको २४ घन्टामा भने जम्मा ४ हजार ५० परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३३ हजार १२५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ९ हजार ४२ जना रहेको छ ।
यस्तै शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ भने ३४ जनाको ज्यान गएको छ ।








