काठमाडौं, पाल्पामा थप ९३ जना कोरोना भाइरस पोजिटिभ देखिएको छ । चितवनको भरतपुर स्थित कोभिड (१९) प्रयोगशालामा गरिएको परिक्षणमा पाल्पा जिल्लावाट ल्याईएका ९३ जनाको स्वावमा कोरोना संक्रमण देखिएको हो ।
पाल्पाका २ सय ३४ नमुनामध्ये बुधबार ९३ जनामा कोरोना देखिएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार संक्रमित पाल्पाका विभिन्न क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै, बाँकी २ सय ४ नमुनाको नतिजा भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ८ सय ३६ पुगेको छ।








