चैत २८,२०८२ / १० : ५८ पूर्वान्ह / 2026-04-11 10:58 am
      • param ad
      • furniture
      • veera Incorporation

      थप ६२९ जनामा कोरोना संक्रमण, नेपालमा १० हजार ७२८ पुगे संक्रमित

      - ५ वर्ष अगाडि
      असार १०,२०७७

      काठमाडौं, बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । यीमध्ये ११० महिला हुन् भने बाँकी ५१९ पुरुष हुन् ।

      पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् । 

      २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।  हालसम्म नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d