काठमाडौं, आइतबार नेपालमा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थपिएका ६४ जना महिला हुन् भने ३५७ जना पुरुष हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।








