काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले पुस माघ सम्ममा कोरोना अन्तिम हुने बताएका छन् । बिहिबार राष्ट्रियसभाको बैठकमा कोरोना भाइरसको संक्रमण साउन अन्त्यतिर पिक (उच्च विन्दु) मा पुग्ने बताएका छन् । उनले साउनको अन्तिमताका र भदौको सुरुमा कोरोना संक्रमणको उच्चतम बिन्दूमा पुग्न सक्ने बताएका छन् । त्यसपछि दशैं, तिहार र छठ लगायतका चाडपर्वपछि मंसिरमा फेरि बढ्न सक्ने बताएका छन् । कोरोना चैतदेखि जेठ महिनासम्मको अवधिमा भन्दा जेठ एकमहिनामा संक्रमित बढेको र त्यो फेरि साउनको अन्त्यदेखि भदौको पहिलो हप्तासम्म फेरि बढ्ने अवस्थामा जानसक्ने बताए ।
‘त्यसपछि ओरालो लाग्छ र हामीले क्रमशः नियन्त्रण गर्न सक्छौं,’ प्रधानमन्त्रीले भने । ‘हाम्रा आनीबानी र व्यवहारले दशैँ तिहार र छठजस्ता पर्वले कोरोना झन् बढाउँछ भन्ने छ,’ प्रधानमन्त्री ओलीले भने । उनले मंसिरको अन्तिममा बढेको कोरोनाको ग्राफ फागुनमा बल्ल तल घट्ने अनुमान संसदमा बताए ।








