वैशाख ८,२०८३ / ०२ : ४० अपरान्ह / 2026-04-21 02:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      थप २१ जनामा कोरोना, गण्डकीमा संक्रमितको संख्या २ सय ४७ पुग्यो (बिज्ञप्तिसहित)

      - ५ वर्ष अगाडि
      असार ३,२०७७

      काठमाडौं, गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।  

      आज नयाँ थपिएकाहरुमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका १४, मध्यबिन्दु नगरपालिकाका २ र कावासोती नगरपालिकाका १ जना रहेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार १ जना संक्रमितको भने ठेगाना खुल्न सकेको छैन ।

      त्यस्तै, पर्वतको फलेबास नगरपालिकाका ३ जनामा पनि कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनीहरू सबै केही दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका थिए । संक्रमित २१ जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । 

      /pagegallery/2020061781.jpg

        सम्बन्धित समाचारहरु