जेष्ठ १२,२०८३ / ०५ : ३४ अपरान्ह / 2026-05-26 05:34 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आज धेरै स्थानमा मेघगर्जन,चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

      - ५ वर्ष अगाडि
      असार ३,२०७७

      काठमाडौं, आज देशभर धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन प्रवेश गरेसँगै चार दिनयता देशका अधिकांश स्थानमा मध्यम देखि भारी वर्षा भएको हो ।

      महाशाखाद्वारा प्रकाशित मौसम पूर्वानुमान बुलेटिनमा आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का १, २ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । जसका कारण ती क्षेत्रहरूका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।  

      यसैगरी, आज दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

      आज राती सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ । 

      भोलि सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने मौसमविद्ले बताएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d