काठमाडौं, भारतमा २ लाख ७६ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने बुधबार बिहानसम्म ७ हजार ७ सय ५० जनाको मृत्यु भएको छ । यस्तै, १ लाख ३४ हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार सूचीको पहिलो स्थानमा अमेरिका छ । त्यस्तै, क्रमशः ब्राजिल, रुस, बेलायत तथा भारत छन् । अब सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा भारत पाँचौं स्थानमा छ ।
यस्तै छिमेकी देश नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार नाघेको छ । अहिलेसम्म ४ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ सय ८४ जना संक्रमणमुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।
विश्वभर बुधबार बिहानसम्म ७३ लाख १२ हजार १९८ जना संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या ४ लाख १३ हजार ३ पुगेको छ । यस्तै ३३ लाख ३ हजार ७८५ जनाको उपचार भइरहेकोमा ५३ हजार ९४४ जनाको अवस्था गम्भीर छ । ३५ लाख ९४ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।








