वैशाख २,२०८३ / ०९ : ०३ पूर्वान्ह / 2026-04-15 09:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      अर्घाखाँचीमा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ पुग्यो

      - ५ वर्ष अगाडि
      जेष्ठ २६,२०७७

      अर्घाखाँची, सोमबार अर्घाखाँची जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ३६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा सोमबार ३१ जनामा संक्रमितको पुष्टि भएसँगै संक्रमितको संख्या ३६ पुगेको हो ।

      भारतबाट आएर स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनाको संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए का छन् । 

      सन्धिखर्क नगरपालिकाका २९ जना, पाणिनि गाउँपालिकाका १ र शीतगंगा नगरपालिकाका १ जना रहेको जनस्वास्थ्य निरीक्षक पौडेलले बताए । जसमध्ये दुई जना महिला छन् । संक्रमितहरु १८ देखि ५० उमेर समूहका रहेका छन् ।

      यसअघि शीतगंगाको ज्योति माविको क्वारेन्टाइनमा बसेका एक पुरुष र पाणिनिको कमला माविमा बसेका दुई जना पुरुषमा कोरोना संक्रमण देखा परेपछि उनीहरुको सन्धिखर्कको आइसोलेसनमा उपचार भइरहेको छ । भारतबाट स्वदेश आउने क्रममा बाटोमै मृत्यु भएका भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको जेठ १० गते मृत्यु भएको र उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको थियो ।

      जिल्लामा ४५ बेडको आइसोलेसन छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले आजै आइसोलेसन बेड थप्न जनप्रतिनिधिसँग समन्वय गरेर बनाउन लाग्ने बताए । परीक्षण गर्न केहीको स्वाब संकलन गरी दाङ पठाइएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d