जेष्ठ १२,२०८३ / ०३ : ३४ अपरान्ह / 2026-05-26 03:34 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालको ७१ जिल्लामा फैलियो कोरोना कुल संख्या ३४४८ ,कुन जिल्लामा कति ? (तथ्यांक सहित )

      - ५ वर्ष अगाडि
      जेष्ठ २५,२०७७

      काठमाडौं । आइतबार मात्रै नेपालमा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३ हजार ४४८ पुगेको जानकारी दिएको हो ।

      नयाँ थपिएका संक्रमतिमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । ४६७ जना –डिस्चार्ज) निको भएर घर फर्किएका छन । पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने मध्ये २ जना महिला र १०० जना पुरुष रहेका छन । 

      कुन प्रदेशमा कति संक्रमित ?

      नेपालमा कोरोना भाइरस संक्रमित प्रदेश १ का १२ जिल्लामा २ सय ५९ जना रहेका छन् । त्यसैगरी  प्रदेश २ का ८ जिल्लामा १ हजार १ सय ६१ जना, बागमती प्रदेशका १२ जिल्लामा ९२ जना रहेका छन् ।त्यस्तै गण्डकी प्रदेशका ९ जिल्लामा १ सय ११ जना, प्रदेश ५ का १२ जिल्लामा १ हजार ८१ जना रहेको मन्त्रालयले जनाएको छ । 

      त्यसैगरी कर्णाली प्रदेशका ९ जिल्लामा ६ सय ३३ जना र सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा १ सय ११ जना संक्रमति पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको हो ।

      आइतबार रोल्पामा पनि संक्रमित थपिएसँगै देशभरका ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.देवकोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

       हालसम्म १३ जनाको मृत्यु

      संक्रमितमध्ये नेपालमा हालसम्म १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

      मृत्युहुनेहरुमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

      त्यस्तै ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका(९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ । 

      यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र सेती प्रादेशिक अस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d