वैशाख १७,२०८१ / ०५ : ०३ पूर्वान्ह / 2024-04-29 05:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन

      - एक हप्ता अगाडि
      मंसिर ४,२०८०

       विराटनगर, आज बिहान उदाउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ ।  श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई गाईको दूध सहितको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो ।

      चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।

      पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित आदि देव सूर्यको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाइन्छ । छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

      छठपर्वको पहिलो दिन ब्रतालुले नुहाएर अरबा अरबाईन भोजन गरेका थिए । दोस्रो दिन साँझ चाकुमल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादको रुपमा चढाउँदै ग्रहण गरेका थिए ।

      तेस्रो  दिन हिजोअस्ताउँदो सूर्यलाई पूजासमाग्रीसहित अर्घ्य दिएका थिए । चौथो दिन  आज उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्व विधिवत समापन भएको हो ।

      छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसवा, किसानबाट उत्पादित अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु, सुन्तला, स्याउ, सुन्तला लगायतका फलफूल पनि चढाइएको छ। 

      छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने  धार्मिक जनविश्वास रहिआएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी, कुवा, ईनार तथा जलाशयहरु सिंगारिएको थियो। कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । 

        सम्बन्धित समाचारहरु