जेष्ठ ३,२०८१ / ०५ : ४० पूर्वान्ह / 2024-05-16 05:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      एन्टिबायोटिकको गलत प्रयोगले एन्टिमाइक्रोबियल रेसिस्टेन्सको खतरा बढ्दै (भिडियोसहित)

      - एक हप्ता अगाडि
      भाद्र १४,२०८०

      तपाई कत्तिको एन्टिबायोटिक औषधि प्रयोग गर्दै हुनुन्छ ? चिकित्सकको परामर्श बिनानै आफू खुसी एन्टीबायोटिक औषधिको प्रयोग गरिरहनु भएको त छैन रुयदि त्यस्तो गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोस है, तपाई आँफु खुसी खाने औषधि नै तपाईको रोगको कारण बन्न सक्छ । 

      कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ । तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा झनै बढी बेफाइदा गर्छ । त्यसैले कुनै पनि औषधिको प्रयोग चिकित्सकको सिफारिसमा  मात्र गर्नु पर्ने हो । धेरैजसो मानिसहरुको जथाभावी एन्टिमाइक्रोबियल अर्थात् प्रतिजैविक औषधिको प्रयोग गर्ने प्रवृत्ति छ । यसले जनस्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

      अनावश्यक रुपमा एन्टीवायोटिक औषधिको प्रयोग बढ्दै गएको कारण एन्टिबायोटिक रेसिस्टेन्सको कारण विश्वमा ठुलो दुर्घटना निम्त्याउने विज्ञहरू बताउँछन् । अझ गरीब देशहरूमा यसको असर बढी देखिएको छ । एन्टिबायोटिक औषधि कसरी प्रयोग गर्ने भन्ने विषयमा नोवेल मेडिकल कलेज विराटनगरका  प्रिन्सिपल प्रा.डा.रामहरी घिमिरेसंग चिनारी मिडियाका लागि गरीएको कुराकानी ।

        सम्बन्धित समाचारहरु