मंसिर ४,२०७६ / ०६ : २२ पूर्वान्ह / 2019-11-20 06:22 am

        आज नवरात्रको छैठौँ दिन, कात्यायनीको पूजा गरिंदै

        - २ हप्ता अगाडि
        असोज १७,२०७६

        काठमाडौँ,  नवरात्रिको शुक्रबार छैठौँ दिन, आज देवी कात्यायनीको पूजा गरेर मनाइँदै छ । नवरात्रका नवै दिन नवदुर्गाका नौवटा स्वरूपको पूजा गरी मनाइने प्रचलन हिन्दु समाज तथा शाक्त मतावलम्बीमा छ । नवरात्रिभर देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

        देवी कात्यायनीलाई प्रसिद्ध ऋषि कात्यायनकी पुत्री मानिन्छ। महिषासुरको वध गर्न देवीले कात्यायनीको रूप धारण गरेको धार्मिक कथा पाइन्छ । नवग्रहमध्ये बृहस्पति ग्रहको अधिष्ठात्री मानिन्छ, देवी कात्यायनीलाई । अध्यात्ममा भने उनलाई मानव शरीरको आज्ञा चक्रसँग सम्बन्धित मानिन्छ ।

        सिंहको आसनमा देवी कात्यायनी विराजमान हुन्छिन् । उनको चार हातमध्ये बायाँ हातमा क्रमशः पद्म र तरबार हुन्छ भने दायाँ हातले क्रमशः अभय मुद्रा र वरद मुद्रा प्रदर्शन गरेको हुन्छ ।

        भागवत् महापुराणको १० औँ स्कन्दको २२ औँ अध्यायमा गोकुलका गोपीहरूले भगवान् श्रीकृष्णलाई स्वामी रूपमा पाऊँ भनी मङ्सिर महिनामा कात्यायनीको व्रत बसेको वर्णन पाइन्छ ।

          सम्बन्धित समाचारहरु