वैशाख ७,२०८३ / ०६ : ०७ पूर्वान्ह / 2026-04-20 06:07 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेवार समूदायले गुंपुन्ही मनाउदै

      - ६ वर्ष अगाडि
      श्रावण ३०,२०७६

      काठमाडौं, श्रावण शुक्ल पूर्णिमाका दिन आज नेवार समूदायले गुंपुन्ही वा क्वाँटी पुन्ही मनाउँदै छन् ।

      नेवार समुदायमा गुंपुन्ही वा क्वाँटी पुन्ही भनेर ११ थरीका गेडागुडी भिजाएर पलाएको टुसासहित क्वाँटी खाने परम्परा छ ।

      स्वस्थ मानिसले क्वाँटी खानाले आवश्यक प्रोटिनको मात्रा पुग्छ । शरीर पुष्ट हुन्छ । मौसमअनुसार शरीरको तापमान पनी ठीक रहन्छ भन्ने वैज्ञानिक मान्यता छ । क्वाँटीले कफ, पित्त, वायु सन्तुलनमा रहन्छ । 

      बौद्धमार्गी भगवान् बुद्धले कामशक्तिमाथि विजय पाएको दिनका रूपमा यो दिन मनाइन्छ । यो दिन स्वयम्भू, बौद्ध, नमोबुद्ध, लुम्बिनी, धन्दोचैत्य बौद्ध विहारमा पूजन हुने गर्छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d