वैशाख ७,२०८३ / ०६ : ०८ पूर्वान्ह / 2026-04-20 06:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज साउनको अन्तिम सोमबार , शिवमन्दिरहरुमा भिडभाड

      - ६ वर्ष अगाडि
      श्रावण २७,२०७६

      काठमाडौं, आज साउन महिनाको अन्तिम सोमबार, देशभरका विभिन्न शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ ।

      साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्ने गर्दछन् ।

      काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुईचो लागेको छ ।

      यसैबीच चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ ।

      साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको पूजा आराधना गर्ने गर्दछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d