वैशाख ७,२०८३ / ०६ : ०७ पूर्वान्ह / 2026-04-20 06:07 am
      • param ad
      • furniture
      • veera Incorporation

      बकर इदको अवसरमा प्रधानमन्त्रिको शुभकामना

      - ६ वर्ष अगाडि
      श्रावण २७,२०७६

      काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महत्वपूर्ण चाड बकर इदको अवसरमा शुभकामना दिएका छन् ।

      ओलीले आज शुभकामना दिदै आजको दिन सकभर खुला स्थान इद गाहामा सो नभए मस्जिदमा बकर इदको नमाज पढेर एकापसमा खुशी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने दिन भएको बताएका छन् । 

      प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,‘यस अवसरमा हरेक वर्ष लाखौँ इस्लाम धर्मावलम्बीहरुले हज गर्ने गर्दछन्, यो वर्ष हज गर्न साउदी अरबको मक्का–मदिनामा गएका पन्ध्र सय नेपाली हाजीहरुलाई समेत हज मुबारक भन्न चाहन्छु।’

      बकर इदका अवसरमा बिहान सबेरै नमाज पढेपछि आ–आफ्नो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरीबलाई र बाँकी एक हिस्सा इस्टमित्रहरुलाई प्रदान गर्ने गरिन्छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d