वैशाख ७,२०८३ / ०६ : १८ पूर्वान्ह / 2026-04-20 06:18 am
      • param ad
      • furniture
      • veera Incorporation

      पर्यटकको पर्खाइमा बझाङ्गको राम जानकी मन्दिर

      - ६ वर्ष अगाडि
      असार २१,२०७६

      बझाङ्ग,सुदुर पश्चिमको हिमाली जिल्ला बझाङ्गको राम जानकी मन्दिर ओझेलमा परेको छ । परापूर्वकालदेखी धार्मिक एवम् पर्यटकिय हिसावले भरीपुर्ण मन्दिरको प्रचार प्रसार र संरक्षण नभएपछि मन्दीर ओझेलमा परेको हो । 

      खप्तड छान्ना गाउँपालिका ७ मा रहेको रामजानकी मन्दिरको संरक्षण हुन नसक्दा ओझेलमा पर्दै गएको छ । परापुर्व काल देखि नै धार्मिक एवम् पर्यटकिय हिसावले भरीपुर्ण मानिने मन्दिरको महत्व नवुझ्दा ओझेलमा पर्दै गएको हो । लामो समय देखि पुर्खाहरुले श्र्रद्धा अनुसार पुजा आजा गर्दै आएको राम जानकी मन्दिरमा द्धन्दकालमा तत्कालीन माओवामदीले मन्दिरका पुजारी र स्थानिय श्र्रद्धालुहरुलाई विभिन्न डर त्रास देखाई पुजा आजा गर्न वन्देज गरेदेखि मन्दिरको अवस्था दयनिय छ । 

      त्यतिबेला मन्दिरमा विवाह व्रतवन्ध, पुजा आजा र अखण्ड पुजा गर्न स्थानिय वासिन्दा आउथे । तर, यतिवेला भने त्यतिवेला जस्तो मानीसको धुइचो नलाग्ने मन्दिरका पुजारी बताउँछन् । उसो त जिल्लामा धार्मीक एवम् प्रयटकिय स्थलहरु धेरै छन् । यिनिहरुको प्रचार प्रसार र धार्मीक महत्वको मुल्यांकन गरी पुराना रितिरिवाज संस्कृतिलाई जगेर्ना गर्न स्थानिय सरकार जिर्ण रहेका पुरातात्विक सम्पदाहरुलाई मर्मत कार्य गरिरहको छ ।  

      जिल्लामा धार्मीक तथा पुरातात्कि महत्व वोकेको राम जानकी मन्दिर जस्तै अन्य प्राकृतिक प्रर्यटकीय स्थलहरुको पहिचान गरि यिनिहरुका महत्वबारे प्रचार प्रसार गर्न सके आन्तिरिक तथा वह्य प्रयटनहरु भित्राउन सकिनेछ । तसर्थ यस्ता सम्पदाको वृद्धि विकास गर्न स्थानिय, प्रदेश रं केन्द्र सरकारले ध्यान जान जरुरी छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d