मोरङ , मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा न. ६ स्थित सुन्दरबटिका क्षेत्रमा चार बिगाह क्षेत्रफलमा नेपाल पर्यटन बोर्ड र विभिन्न दातृ निकायको आर्थिक ,भौतिक तथा प्राबिधिक सहयोगमा स्थानीय श्रोत साधनको अधिक्तम प्रयोग हुनेगरि बाल उध्यान,शिमसार तथा बनभोजका लागि उपयुक्त अत्याधुनिक पर्यटकिय रमणीय पार्कको निर्माण कार्य तिब्रताका साथ सुरु गरिएको छ।

मन्दिर समिती पर्यटन बिकास निर्माण उपसमिती नै बनाएर पर्यटकिय क्षेत्र तथा पिक्निक स्पोर्ट निर्माणार्थ निरन्तर लागिपरेको छ । यसै क्रममा उर्जा मन्त्रालय र नगरपालीकाले सोलार बत्ती जडानका लागि रु.१०,००,०००/- उपलब्ध गराईसकेका छन्। भने पथरी-शनिश्चरे साझेदारी बन उपभोक्ता समितिले चिल्ड्रेन पार्क निर्माणका लागि रु.४,००,०००/- उपलब्ध गराएको छ। चिल्ड्रेन पार्क निर्माण सङ सङै सिमसार क्षेत्रका लागि उपयुक्त स्थान छनौट गरि निर्माण कार्य सुरु गरिएको छ।त्यस्तै मन्दिरको पश्चिम दक्षिणको जङ्गललाई ब्यवस्थित गरिने छ। मन्दिरको दक्षिणि भागमा अर्थात पोखरी र मन्दिरको बिचको खाली ठाउमा चौरासी शिबलिङ्ग निर्माण गरिनेछ। उक्त सिमसार पोखरिमा बोट पनि संचालन हुनेछ ।

निर्माणाधीन पार्क जेठ पहिलो सातादेखि सुरु गरिएको छ।अागामी बैशाख अगावै पार्कर्को सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेगरि ठेकदार कम्पनी संग शुन्दर वाटीका पर्यटक पार्क निर्माण समितिले सम्झौता गरेको छ।करिब तीन करोडको लागत पुजीमा उक्त पार्क निर्माण कार्य सम्पन्न हुनेछ ।
उत्तर र पश्चिमी भागमा कट्नु खोलाले घेरिएको यस मनोरम र हरियाली क्षेत्रमा बि.स. २०३२ सालमा निर्माण गरिएको शिवालय मन्दिर अवस्थित छ। मन्दिरको दक्षिण पट्टी पोखरी रहेको छ ।सुन्दरबाटिका क्षेत्रमा गोकर्णेश्वर महादेवको मन्दिर, सन्सारी माईथान लगायत अन्य देबिदेवताका मन्दिरहरु छन् । विशेष बिशेषता बोकेको ढुङगा ,पाहुना घर, पाक घर, ब्यास घर,फलैचाहरु लगायत विभिन्न सरचनाहरु पनि रहेका छन्।यहाँ बि.स.२०५० साल देखि शिवरात्रीको अवसर पारेर हरेक बर्ष निरन्तर रुपमा पुराण लाग्दै आइरहेको छ। हाल सम्म २५ पुराण लागिसकेको यस पबित्र स्थल पर्यटन बिकास बोर्डमा पर्यटन क्षेत्र सुचिकृत भई सकेको छ।









