वैशाख ७,२०८३ / ०४ : २३ पूर्वान्ह / 2026-04-20 04:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      श्रीमद्भगवद्गीता सम्बन्धी केही तथ्य

      - ६ वर्ष अगाडि
      जेष्ठ ३०,२०७६

      श्रीमद्भगवद्गीता हिन्दूहरूको पवित्रतम ग्रन्थमध्ये एक हो । यसमा जीवनको सार खिँचिएको छ । यसको अनुशीलनले जीवन निर्वाहमा महत्त्वपूर्ण योगदान गर्छ ।

      भगवान् श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशमा जीवनको अर्थ विस्तारपूर्वक बुझाइएको छ ।

      ईसापूर्व ३१३७ मा भगवान् श्रीकृष्णले कुरुक्षेत्रको मैदानमा अर्जुनलाई उपदेश दिनुभएको थियो र यसको ३५ वर्षपछि कलियुग शुरु भयो ।

      गीतमा १८ अध्याय छन् । त्यसैपनि १८ अंक महाभारतमा महत्त्वपूर्ण छ । अठारको अर्थ बलिदान पनि लाग्छ ।

      विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले जीवनकालको अन्त्यतिर गीता अध्ययन गर्न थालेका थिए । यस्तो महान् ग्रन्थ बाल्यकालदेखि नै किन अध्ययन गरिएनछ भनेर आइन्स्टाइनलाई पश्चात्ताप लागिरह्यो ।

      अर्जुनले मात्र नभएर सञ्जय, हनुमान् र बर्बरीकले पनि श्रीकृष्णबाट गीता उपदेश सुनेका थिए ।

      संस्कृत भाषामा लेखिएको गीताको अहिलेसम्म १७५ भाषामा अनुवाद भइसकेको छ । यसलाई संसारभरि अत्यधिक रुचिका साथ अध्ययन गरिन्छ ।

      हिन्दी फिल्महरूमा अदालतमा गीताको कसम खुवाएको देखाइन्छ तर वास्तवमा यस्तो हुँदैन ।

      एजेन्सिको सहयोगमा 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d