वैशाख ७,२०८३ / ०४ : १९ पूर्वान्ह / 2026-04-20 04:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      संसारभरी रहेका सबै लामिछाने संगठित हुँदै

      - ७ वर्ष अगाडि
      वैशाख ५,२०७६

      काठमाडौ, लामिछाने थापाको छाता संगठन लामिछाने थापा क्षत्री समाज नेपालको दोस्रोे राष्ट्रिय भेला तथा नवांै साधारण सभा एक कार्यक्रम गरी काठमाडौंमा सम्पन्न भएको छ । 

      उक्त राष्ट्रिय  भेलाबाट हाल तयारी भएको वंशवली मस्यौदामा विभिन्न सुझाबहरुलाई अध्ययन गरी चाँडै प्रकाशन गर्ने भएको छ । यस लामिछाने थापा क्षत्री समाज नेपालमा सबै लामिछाने थापाहरु संगठित तथा संलग्न हुने, संस्थाको केन्द्रीय समिती र सो अन्र्तगत पूर्व, मध्य र पश्चिम, क्षेत्रिय समन्यव समिती रहने र सो अन्र्तगत इकाई समिती बन्ने गरी तीन तहको संगठनात्मक संरचना रहने भएको छ ।

      यस्तै साभारणसभाले ३५ केन्द्रिय कार्य समिती गठित नयाँ समिति चयन गरेको छ । जसमा अध्यक्षमा श्याम बहादुर थापा, उपाध्यक्षमा गंगा बहादुर थापा, महासचिबमा हेम बहादुर थापा, सचिबमा कृष्ण बहादुर थापा, कोष अध्यक्षमा गंगाराम थापा र यसैगरी सदस्यहरुमा किशोर थापा, मोहन बहादुर थापा, मदन राज थापा, बेल बहादुर थापा, उदय चन्द्र थापा, लगायत रहेका छन् ।

      संसारभरी रहेका सबै लामिछाने थापाहरुको राष्ट्रिय साझा संगठन लामीछाने थापा क्षत्री समाज नेपाल २०६७ असोज १६ मा प्रथम विस्तारित राष्ट्रिय भेलाबाट छाता संगठनको रुपमा स्थापना भई २०६७ पौष २३ गते जिल्ला प्रसासन कार्यलय काठमाडौमा दर्ता भएको हो । उक्त छाता संगठन स्थापना काल देखि वंशको उत्पति इतिहास पहिचान अस्तित्व लगायत खोज अनुसन्धान र सबै लामिछाने थापा क्षत्री वंशलाई एउटै छाता संगठनमा संलग्न गराउन क्रियासिल रहँदै  आएको छ ।  

      /pagegallery/201904185.jpg

      त्यस्तै वंशावली पृष्ठभुमीमा किशोर थापा, वंशावली तयारी संम्बन्धमा श्याम बहादुर थापा, वंशावली पुस्तकको ढाँचा मदन राज थापा बाट प्रस्तुतीकरण भएको थियो र सो सम्बन्धमा अजित नारायण सिंह थापाले स्पष्ट पार्नुभयो । 

      विभिन्न स्थानबाट आउनु उपस्थित सबैले आ आफ्नो विचार सहितको सुझाब दिएका थिए । खुल्ला छलफलको निष्कर्ष मन्तव्य सहप्रध्यापक डम्बर वीर थापाले गर्नुभएको थियो । 

      उक्त भेला र साधारण सभाबाट पारीत निर्णयहरु कार्यन्यन गर्न तथा सम समसामयिक बिषयमा विधान संशोधन तथा परिमार्जन गर्न विधान संशोधन समिती गठन गरीएको छ । जसमा संयोजक गंगा बहादुर थापा सदस्य हेम बहादुर थापा, प्रेम नारायण थापा रहेका छन् । उक्त विधान समितिले संशोधन प्रस्ताव तयारी गरी केन्द्रिय समितिमा छलफल तथा स्वीकृति गराई जिल्ला प्रशासनबाट स्वीकृती गराउने निर्णय गरीएको छ ।

      /pagegallery/2019041834.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d