वैशाख ७,२०८३ / ०४ : २० पूर्वान्ह / 2026-04-20 04:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाली ईतिहासमा नै पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञ सुरु

      - ७ वर्ष अगाडि
      माघ २६,२०७५

      धरान, नेपाली ईतिहासमा नै पहिलो पटक वराहक्षेत्र धामसुनसरीको चतरामा आजदेखि श्रीराम तारकब्रह्म महायज्ञ सुरु भएको छ । 

      जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ,महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठाको आयोजनामा ७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ गरिएको हो । एक हप्तासम्म चल्ने महायज्ञको आज एक विशेष कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो । उ्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वस्थ जीवनका लागि पर्यावरण पनि स्वस्थ हुनुपर्ने बताउनुभयो । 

      हरित नेपाल, स्वस्थ नेपाल, स्वच्छ नेपाल, संमृद्ध नेपाल, स्वावलम्बि नेपाल सुसंस्कारी नेपालको लागि महायज्ञको आयोजना गरिएको आयोजनकले बताएको छ । नेपालको भविष्य निर्माणको आधार तयार गर्नका लागि श्रीराम मन्त्रराजले १६ करोडको हवन अर्चन गरिने ‘श्रीराम तारकब्रम्ह महायज्ञ’ को लागि गत महाशिवरात्रीदेखी देश विदेशमा रहेका १२०० साधक साधिकाहरुले कुल १ अर्ब ६० करोडको संख्यामा मन्त्र जप अनुष्ठान गरिरहेका थिए । फागुन सात गतेसम्म चल्ने महायज्ञको उद्घाटनमा करिब दुई हजार पाँच सय अतिथिहरुको उपस्थिति थियो । महायज्ञको प्राइम टाइम्स टेलिभिजनले समापन नहुँदासम्म प्रत्यक्ष प्रशारण गर्ने छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d