काठमाडौ, सरस्वती पूजा नजिकिदै गर्दा माटाका मुर्ती बनाउनेहरुलाई भ्याई नभ्याई छ । विद्यालय तथा शैक्षिक संस्थाहरुमा बसन्त पञ्चमीको दिन सरस्वतीको प्रतिमा राखेर पूजा गर्ने भएकाले माटाका मुर्ती बनाउनेहरुलाई भ्याई नभ्याई भएको हो ।
सिरहा धनगढीमाई नपा ७ कसहाका रामवृक्ष पण्डितलाई मुर्ती रंग्याउने चटारो छ । उनले बनाएको ५० वटा माटाका प्रतिमा (मुर्ति) हरु शनिवारसम्म रंगाईसक्नु पर्ने भएकाले उनी दिन रात नभनी मुर्ती रंगाई रहेका छन् । आइतबार बसन्त पञ्चमी भएकाले उनलाई सवै मुर्तिहरु तयार पारेर आफ्ना ग्राहकलाई जिम्मा लगाउनु पर्नेछ । सिजनको बेला एकमुष्ट कमाई हुने भएकाले उनी प्रत्यक बसन्त पञ्चमी र अशोज १ गते हुने विश्वकर्मा पूजाका लागि मूर्ति बनाउने गर्छन ।
उनी माटोको मूर्ति लामो समयदेखि बनाउँदै आएपनि समय अनुसारको मुर्तीको मूल्य नपाएको बताउँछन् । पण्डितले एक सिजनमा एक महिना भन्दा बढी समय लगाएर बनाएको मुर्तीबाट ७५ हजार देखि एक लाख सम्म कमाई गर्छन । मिर्चैया नगरपालीका ६ का सुरेन्द्र पण्डितको व्यस्तता पनि उस्तै छ । उनले मिर्चैया नगरपालीकाका शैक्षिक संस्थाहरुलाई लक्षित गरी ४५ भन्दा बढि माटाका मुर्ती बनाएका छन् । आफूले नभ्याएपछि उनेले कामदार राखेरै मूर्ति बनाउने काम गरिरहेका छन् ।
माघ २७ गते आईतबार सवै शैक्षिक संस्थामा पूजा हुने भएकाले मुत्र्रिकारहरु शनिवारै दिनेगरी मूर्ति तयारीमा लागेका हुन् ।








