वैशाख ७,२०८३ / ०२ : ३३ पूर्वान्ह / 2026-04-20 02:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      आजबाट श्री स्वस्थानी ब्रतकथा सुरु, १ महिनासम्म कथा सुनेर ब्रत बसिने

      - ७ वर्ष अगाडि
      माघ ७,२०७५

      काठमाडौ, आजदेखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । आज पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म एक महिना जारी रहने छ । 

      आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला बिभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ । काठमाडौँस्थित शालीनदीमा प्रत्येक बर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि आज बाट सुरु भएको छ । 

      स्वस्थानी व्रतकथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार  तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोडिएको छ । शिव—पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रुपमा सोही व्रतकथा प्रचलन हुदै आएको मानिन्छ ।

       घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने परम्परा छ । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर ब्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरुको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममुलक पौराणिक धर्मग्रन्थ पनि हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d