वैशाख ८,२०८३ / ०२ : ५० अपरान्ह / 2026-04-21 02:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राम जानकीको विवाहपञ्चमी सम्पन्न, जन्तीलार्इ बिदाइ गरिँदै

      - ७ वर्ष अगाडि
      मंसिर २७,२०७५

      जनकपुर, सात दिवसीय ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव बिहिबार सम्पन्न हुँदैछ ।

      मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा मिथिला संस्कृतिअनुसार सीता र रामको विवाह विधिपूर्वक सम्पन्न गरिएको छ । विवाह पञ्चमी महोत्सवको आज अन्तिम दिन राम जानकीको रामकलेवा सम्पन्न भएपछि साताव्यापी रुपमा मनाइएको विवाह पञ्चमी महोत्सव समापन हुने छ ।

      रामकलेवामा राम, लक्ष्मण, भरत, शत्रुधन, सीता, उर्मिला, माण्डवी र श्रुतीकृतिलाई एकै ठाउँमा बसाएर खाना खुवाइएपछि महोत्सव सम्पन्न हुने छ । खाना खुवाउनका लागि जानकी मन्दिरको प्राङ्गणमा विशेष मण्डप बनाइको छ ।

      रामकलेवाको अवसरमा मन्दिरको प्राङ्गणमा हजारौं सहभागी हुँदैछन् । जानकी मन्दिरको प्राङ्गणमा जानकी मन्दिरका महन्तले अयोध्याबाट आएका जन्तीलाई लत्ता कपडा, प्रसाद दिएर विदाई गर्नेछन् ।

        सम्बन्धित समाचारहरु