वैशाख ७,२०८३ / १२ : ४० पूर्वान्ह / 2026-04-20 12:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज हरिबोधिनी एकादशी, भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह गरी मनाइदै

      - ७ वर्ष अगाडि
      मंसिर ३,२०७५

      काठमाडौँ, आज हरिबोधिनी एकादशी, भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै छ ।

      असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा सागरमा सुतेका  विष्णु आजै ब्युँझेकाले भएकाले कात्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी भनिन्छ ।

      हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने गर्दछन् ।

      हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यो दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हा । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिंगो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

      आजको दिन अन्न खान नहुने मान्यता रहेकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पाप नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । आज काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेष नारायण, इचङ्गुनारायण र विशङ्गुनारायणमा वशेष मेला लाग्ने गर्दछ ।  

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d