वैशाख ७,२०८३ / ०२ : ४० पूर्वान्ह / 2026-04-20 02:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      पर्यटकीय क्षेत्र दोलखाको गौरिशंकर गापा, यस्तो छ आकर्षण

      - ७ वर्ष अगाडि
      कार्तिक २८,२०७५

      दोलखा, धार्मिक सांकृतिक र पर्यटकीय हिसावले महत्वपुर्ण रहेको दोलखाको गौरीशंकर गाउपालिका पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ ।

      पर्यटकहरुलाई गौरीशंकर हिमालको दृश्यावलोकनले लोभ्याउने गरेको छ । तर यस क्षेत्रको प्रचार प्रसार हुन सकेको छैन ।

      दोलखाको गौरीशंकर गाउपालिकामा हिमाली दृश्य अवलोकनका लागि पर्यटकहरु जाने क्रम बढेको छ । रोलवालिङ हिमश्रंखलामा पर्ने ७ हजार १ सय ३४ मिटर उचाई मा रहेको गौरिशकर हिमाल देखि रमदङ हिमालको दुश्यावलोकन यस क्षेत्रको आकर्षण हो । ५ हजार ९ सय २५ मिटर उचाईका १५ हिमाशिखरहरु रहेका छन् । 

      धार्मिक हिसावले पनि पर्यटकीय संभावना बोकेको दोलखामा रोल्वालिङ पदयात्रा लामाबजार पदयात्रा मन्दिर, सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्धार जिरी, पवित्र धार्मिक स्थल कालिञ्चोक र मन्दिर परिसर बाट देखिने चित्राकर्षण सुर्यदयको दृष्य, मनोरम लाग्ने हरियो डाडाकाडा रहेका छन । यहाँ आदिबासि जनजाति बसोबास गर्ने गरेका छन् । 

      गौरीशकर पदयात्राको लागि वर्षेनी हजारौ आन्तरिक तथा बाहृय पर्यटक आउने गर्छन् । यस ठाउमा “मनोरन्जन मात्र नभइ विभिन्न बिभिन्न विषयको अध्ययन अवलोकन गर्न  र जैविक विविधता खोज गर्ने उद्देश्यले पनि पर्यटक आउने गरे छन् । तर यस क्षेत्रको प्रचार प्रसार  हुन नसक्दा जति प्रख्यात हुनुपर्ने हो त्यति हुन सकेको छैन । 

      नेपालको ३ नं. प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्ला अवस्थित गौरीशंकर गाउँपालिका नेपालको संविधान धारा २९५ को उपधारा (३) बमोजिम कायम भएका गाउँपालिका मध्ये एक हो । नेपाल र दोलखा जिल्लाकै प्रसिद्ध गौरीशंकर हिमालबाट यस गाउँपालिकाको नाम रहन गएको हो। प्रसिद्ध च्छो(रोल्पा हिमताल पनि यसै गाउँपालिकाको भूगोल भित्र पर्दछ्र ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d