वैशाख ७,२०८३ / ०२ : ३२ पूर्वान्ह / 2026-04-20 02:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      छठ पर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै

      - ७ वर्ष अगाडि
      कार्तिक २६,२०७५

      काठमाडौं, आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।

      खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बस्ने गरिन्छ ।

      बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामल नभएमा धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ ।

      यस दिनको नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि राखिन्छन् ।

      नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d