मेष(चु चे चो ला लि लु ले लो अ)
खर्च वृद्धि हुनेछ। मान्यजनको सहयोग मिल्नेछ। आलस्यता बढ्नेछ। प्रियजनसँग भेट हुनेछ। कार्य सफल रहनेछन्। प्रेममा असमझदारी बढ्नेछ।
बृष(इ उ ए ओ वा वी वु वे वो)
अध्ययनमा रुचि बढ्नेछ। स्वास्थ्यमा बाधा आउनेछ। आकस्मिक धनलाभ हुनेछ। अचल सम्पत्तिको कारोबार हुनेछ। श्री प्राप्ति हुनेछ।
मिथुन(का कि कु घ ङ छ के को हा)
खर्च नियन्त्रण हुनेछ। मन चञ्चल रहनेछ। अनावश्यक विवाद हुनेछ। उदासीनता बढ्नेछ। स्वास्थ्यमा आंशिक सुधार हुनेछ।
कर्कट(ही हु हे हो डा डि डु डे डो)
रोजगारीको अवसर प्राप्त हुनेछ। वैदेशिक यात्रा फलदायी रहनेछ। रचनात्मक कार्यमा मन जानेछ। प्रतिष्ठा बढ्नेछ। मानसिक चिन्ता हुनेछ।
सिंह(मा मि मू मे मो टा टी टु टे)
पारिवारिक सद्भाव बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आफन्तको सहयोग मिल्नेछ। हर्ष बढ्नेछ।
कन्या(टो प पी पु ष ण ठ पे मो)
महत्वपूर्ण कार्य सफल हुनेछन्। पारिवारिक झमेला बढ्नेछ। स्वरोजगारबाट लाभ मिल्नेछ। मनमा शंका बढ्नेछ। शत्रु परास्त हुनेछन्।
तुला(र री रु रे रो ता ती तू ते)
नेतृत्व क्षमता बढ्नेछ। कर्म निष्ठा रहनेछ। व्यवसायमा लाभ मिल्नेछ। रचनात्मक कार्यबाट सम्मान प्राप्त हुनेछ। मन अस्थिर रहनेछ।
बृश्चिक(तो ना नी नू ने नो या यि यु)
प्रशंसा वृद्धि हुनेछ। हराएको धन प्राप्त हुनेछ। आलस्यता बढ्नेछ। आम्दानीको स्रोत सबल रहनेछन्। शारीरिक परि श्रम बढ्नेछ।
धनु( ये यो भ भि भु ध फा ढ भे)
आय आर्जनमा अवरोध आउनेछ। मानसिक चिन्ता बढ्नेछ। भूमि, वाहनको सुख प्राप्त हुनेछ। वैदेशिक यात्राको योग बन्नेछ। सम्मान बढ्नेछ।








