कञ्चनपुर, कञ्चनपुरको बेदकोट नगरपालिका वार्ड न.४ को उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक धार्मीक क्षेत्र शिव लिङगाधाममा पर्यटकको घुइचो लाग्ने गरेको छ ।
यो क्षेत्र सदरमुकाम महेन्द्रनगरबाट १६ किलोमिटर टाढा चुरे पहाडको फेदीमा रहेको छ । यहाँ पानीले पनि नपग्लने हजारौ वर्ष अगाडी बनेको माटोको शिव लिङ्ख हेर्न पर्यटकको घुइचो लाग्ने गरेको छ ।
यो शिवलिंगा हेर्ने र सुन्ने लाई अचम्म लाग्न सक्छ । सुदुरपश्चिम प्रदेशको कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको शिव लिङ्ग देखेर । किनकी यो हजारौ वर्ष अगाडी माटोबाट उत्पत्ति भएको शिवलिंग पानीबाट समेत पग्लिदैन ।
लिंगाको तल तीरबाट बगेको खोलाको पानी, चराचुरुङ्गीहरुको आवाज अनि सुन्दर माटो बाट निर्मित शिव लिंगा देखेर जोकोहीको मन लोभिन्छ नै । त्यसैले होला यतिवेला लिंगा हेर्न आउने आन्तरिक तथा बाह्यि पर्यटकको बृद्धि भइरहेको छ ।
२०२७ सालमा स्थानियले त्यस क्षेत्रको बाटो हुदै पानि ल्याई खेतिवारी गर्ने गरेको तर अचानक पानी सुकेको र केहि सिप नलाग्दा लिङगालाई पुजा आजा गरेपछि रातोरात यस क्षेत्रमा पानि पुगेको किंबदन्ति छ । बैशाख जेठ को महिना खडेरी पर्दा शिब लिङगको पुजा अर्चना गरेपछि पानि पर्नेे जनविश्वास अझै कायमै छ ।
प्राकृतिक रमणिय यस क्षेत्रमा पछिल्लो समय धार्मिक आस्थाका दृष्टिकोणले समेत भक्तालु दर्शनार्थी आउन थालेका छन् । दैनिक १ हजार देखी १५ सय सम्म आन्तरीक तथा बाह्य पर्यटनहरु आउने गरेका छन भने यो क्षेत्र पिकिनिको गन्तव्य पनि बनेको छ । नेपाल तथा भारतका विभिन्न शहरका पर्यटक बढ्दो क्रममा छन् । अझ व्यवसायिक भिडियो सुटिङ गर्नेहरुका लागी समेत यो स्थान रोजाईमा पर्ने गरेको छ ।
तर यस क्षेत्रमा आएका पर्यटकका लागी लागी बाटोघाटो, खानेपानी , उचित पिकनिक स्थल र शुलभ सौचालय नहुदा असहज हुने गरेको छ ।
पछिल्लो समय धार्मिक, सास्कृतिक प्रयटनका हिसावले आर्कषणको मुख्य केन्द्रविन्दु बन्दै आएको ‘लिङ्गा’ क्षेत्रलाई कञ्चनपुर जिल्लाकै मुख्य प्रयटकिय ‘हव’ वनाउन सकिन्छ । त्यसैले यसको संरक्षण, संवद्धन, र प्रचार प्रसारमा यहाँका स्थानिय, संघ संस्था र सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ ।








