वैशाख ६,२०८३ / १० : ५२ अपरान्ह / 2026-04-19 10:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      टीकाको दोस्रो दिन मान्यजनबाट टीका थाप्दै

      - ७ वर्ष अगाडि
      कार्तिक ३,२०७५

      काठमाडौं : टीकाको दोस्रो दिन अर्थात् एकादशी। मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी छ। यसअघि विजया दशमीको दिन देश विदेशमा रहेका नेपालीले घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीकाप्रसाद अग्रजको हातबाट थापेर आशीर्वादका साथ ग्रहण गरे। 

      मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ। यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्दछ। ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने चलन छ। नेपालको पश्चिमी भेकमा भने विजया दशमीका दिन मात्र टीका लगाउने चलन छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d