वैशाख ६,२०८३ / १० : ५३ अपरान्ह / 2026-04-19 10:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना तयार

      - ७ वर्ष अगाडि
      असोज १६,२०७५

      जनकपुर, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वकै धरोहरका रूपमा रहेको जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना तयार गरिसकेको बताएका छन्  । 

      महात्मा गान्धी स्मृति प्रतिष्ठानद्वारा आज आयोजित ‘गान्धीको स्वच्छता र राजनीतिक स्वतन्त्रता’ विषयक संगोष्ठीमा उनले प्रदेशलाई हरित र स्वच्छ बनाउन प्रदेश सरकार अग्रसर भएको बताए । मुख्यमन्त्री राउतले स्वच्छता गैरसरकारी संस्थाको कागजमा मात्र नभई व्यवहारमा स्वच्छताको खाँचो भएको औँल्याए ।

      महात्मा गान्धी विश्वात्मा भएको बताउँदै उहाँले गान्धीको स्वेच्छता अभियान इमान्दारिता र आचरणसँग सम्बन्धित भएको प्रसङ्ग उल्लेख गरे । गान्धीको जीवन नै विचार र आदर्श हो भन्दै मुख्यमन्त्री राउतले गान्धी एउटा व्यक्ति, दर्शन, विचार नभई जीवन जिउने तरिका भएकाले यसलाई सबैले जीवनमा आत्मसात् गर्नु जरूरी भएको उल्लेख गरे । 

      प्रदेशसभा सदस्य रामआशीष यादवले गान्धीको दर्शन गीताभन्दा पनि बहुमूल्य रहेको भन्दै कर्म र ज्ञानको प्रधानता रहेको गान्धीको दर्शनले स्वयंमा पनि परिवर्तनको आवश्यकतामा जोड जोड दिए । 

      प्रदेशसभा सदस्य चमेली दास र प्राध्यापक डा भागेन्द्र झाले गान्धीको दर्शन मानवकल्याणका लागि केन्द्रित रहेको धारणा राखे । 

      समितिका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा भएको सो गोष्ठीमा भारतीय दूतावासका डेप्युटी चिफ अफ मिशन डा अजयकुमारले गान्धीभित्र प्रबल शक्ति भएको चर्चा गर्दै गान्धी अनुरूपको स्वच्छता र स्वतन्त्रताका सन्दर्भमा समाजको सोचमा व्यापक परिवर्तनको खाँचो औँल्याए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d