वैशाख ६,२०८३ / १० : ५३ अपरान्ह / 2026-04-19 10:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      इन्द्रजात्राको अवसरमा हनुमानढोकामा १०८ कन्यापूजा

      - ७ वर्ष अगाडि
      असोज ७,२०७५

      काठमाडौं, इन्द्रजात्रा तथा जीवित देवी कुमारीको रथयात्राको अवसरमा हनुमानढोकामा १०८ कन्यापूजा गरिएको छ । इन्द्रजात्राको लिङ्गो उठाएपछि त्रयोदशीको दिनमा बर्षेनी हिन्दूधर्म सघंले कन्या पूजा आयोजना गर्दे आएको छ ।

       पुजारी राजन महर्जनले कन्या पूजामा बेल विवाह नगरेका बालिकालाई सम्मिलित गराइएको जानकारी दिदै भने,‘ बालिकालाई यो पूजा गराएमा रोग निको हुने, दुःख कष्ट नआउने तथा निरोगी हुने जनविश्वास रहेको छ ।’ यसैगरी नेवार समाजमा प्रचलित कुमारी पुजालाई महावीर भजन मण्डल र कपाली परिवारद्वारा  कुपण्डोलमा पहिलो पटक सार्वजातीय सामूहिक कुमारी पुजा गरेको छ । इन्द्रजात्राको अवसरमा आयोजित सामूहिक कन्यापुजामा नेवार, क्षत्री, व्राम्हण, थारु मधेसी, मगर, राई जातजातिका २ देखि ९ वर्षसम्मका कन्याको सहभागिता थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d