वैशाख ६,२०८३ / १० : ५२ अपरान्ह / 2026-04-19 10:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पुल भत्कीएपछि गोसाइँकुण्ड तीर्थयात्री प्रभावित

      - ७ वर्ष अगाडि
      भाद्र ३,२०७५

      काठमाण्डौ,बाढीले शनिबार राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन् । 

      पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन् । पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ । बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ । 

      रसुवालाई काठमाडौँसँग जोड्ने सडक अवरुद्ध भएपछि तीर्थयात्री बाटोमै अलपत्र परेका छन् । अहिले गोसाइँकुण्डमा जनैपूर्णिमा मेला लागेको छ । मुलुकका विभिन्न ठाउँबाट तीर्थयात्री मेला भर्न त्यस स्थानमा पुगेका छन् । सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

      रसुवा जाने वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेँशीसमेत पहिरोले बगाएपछि अवरुद्ध छ । गेर्खु खोलाको बाढीले सयौँ रोपनी खेत कटान गरेको छ । बाढीका कारण सयौँ परिवार जोखिममा परेका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d